रोजगारीका लागि निवेदन दिने म्याद थपियो, आफ्नै स्थानीय तहबाट निवेदन दिन पाइने

Posted on: 16 Jul, 2020

साउन १, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सेवा केन्द्र मार्फत बेरोजगार व्यक्तिले निवेदन दिने र छानविन गरी सूचिकरण गर्ने म्याद आगामी भदौ ७ गतेसम्मका लागि थप गरेको छ । चैत्र ११ देखिको देशव्यापी बन्दाबन्दीका कारण यसबीचमा निवेदन दिन समस्या परेकाहरुका लागि म्याद थपिएको हो ।

श्रम मन्त्रालयका प्रवक्ता एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले एक विज्ञप्ती जारी गर्दै सोही अनुरुप सबै गाउँपालिका तथा नगरपालिकाहरुलाई आगामी भदौसम्म निवेदन लिन र सूचिकरणको आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारहरुलाई न्यूनतम एकसय दिनको रोजगारी उपलव्ध गराउने सरकारको नीति बमोजिम सरकारले गतबर्ष देखि यसरी बेरोजगारहरुको तथ्याँक संकलन तथा उनीहरुलाई रोजगारीमा संलग्न गराउने गरेको छ । कार्यक्रमलाई यसबर्ष पनि सरकाले निरन्तरता दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!