जिल्ला शिक्षा कार्यालय डडेल्धुरा सर्वोत्कृष्ट अर्थात अति उत्तम

Posted on: 25 Jul, 2016

ललित बोहरा | साउन १०, डडेल्धुरा | जिल्ला शिक्षा कार्यालय डडेल्धुरा र अछाम सुदूरपश्चिममा सर्वोत्कृष्ट (अति उत्तम) घोषणा भएको जिल्ला शिक्षा अधिकारी दुर्गा बिष्टले आफनो फेसबुकमा उल्लेख गरेका छन् । 

आर्थिक बर्ष २०७२/७३ को कार्य सम्पादन मुल्यांकनमा जिल्ला शिक्षा कार्यालय डडेल्धुरा र अछाम सुदूरपश्चिमका अन्य सात वटा जिल्लाहरुलाई पछि पार्दै सुदूरपश्चिमकै उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय घोषणा भएका हुन् । कार्यालयले प्राप्त गरेको सिकाइ उपलब्धि, कार्यक्रमहरुको प्रभावकारीता, सम्पादन गरिएका बिभिन्न क्रियाकलापहरुको स्तर लगायत कार्यालयको समग्र कार्य सम्पादन र अन्य बिभिन्न सूचकहरुको आधारमा ८० प्रतिशत माथि उपलब्धी हाँसिल गरेर ती दुई जिल्ला आर्थिक बर्ष २०७२/७३ को प्रगती समिक्षा गोष्ठीमा अति उत्तम घोषणा भएका हुन् । जिल्ला शिक्षा कार्यालय बैतडी र दार्चुला कार्य सम्पादनमा उत्तम जिल्ला घोषणा भएको र कैलाली भने सामान्यमा परेको क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल डोटीका उप–निर्देशक बैकुण्ठ सुबेदीले जानकारी दिनु भयो । 

अन्य चार जिल्ला शिक्षा कार्यालयको नतिजा भने शन्तोषजनक रहेको उहाँले जानकारी दिनुभयो । ती चार जिल्लाले ४० प्रतिशत भन्दा तल नतिजा ल्याएको उहाँले जानकारी दिनुभयो । गत साल २०७२ मा जिल्ला शिक्षा कार्यालय डडेल्धुरा कार्यसम्पादनमा सर्वोत्कृष्ट भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!