विदेशी मुद्राको विनिमयदर आज कति छ ? हेर्नुहोस्

Posted on: 02 Aug, 2020

साउन १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (साउन १८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर १२० रुपैयाँ रहेको छ । 

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७  पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः



यस बिषयमा तपाइको प्रतिक्रिया...!