एनसेल पब्लिक कम्पनी बन्यो, आईपिओ निष्काशनको बाटो खुल्यो

Posted on: 05 Aug, 2020

साउन २१, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले कम्पनीको नाम परिवर्तन गरेको छ । कम्पनीले कम्पनीको नाम ऐनसेल प्रालिबाट एनसेल आजियटा लिमिटेड बनाएको हो । कम्पनी पब्लिकमा रुपान्तरण भएसँगै नाम परिवर्तन गरेको हो ।

यस सँगै अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियटा लिमिटेडबाट हुने कम्पनीले जनाएको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने बाटो खुलेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!