आईतबारको विनिमयदर : कतारी रियाल र कुवेती दिनारको भाउ बढ्यो अन्यको कति छ ?

Posted on: 09 Aug, 2020

साउन २५, काठमाडौँ । आइतबार डलरको भाउ स्थिर रहेको  छ । नेपाल राष्ट्र बैंकले सोमबार (साउन १९) मा जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ १९ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५७ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ।  कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२  पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ०४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ८१ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः


यस बिषयमा तपाइको प्रतिक्रिया...!