बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि यी कम्पनीमा आजै आवेदन दिनुस्

Posted on: 09 Aug, 2020

साउन २५, काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ ? या त रोजगारीको खोजीमा हुनुहुन्छ ? नेपालमै रोजगारी गर्न चाहनुहुन्छ भने तपाईका लागि रोजगारीका अवसरहरु रहेका छन् ।

क्लासिक टेकले माग्यो १ सय ६६ कर्मचारी

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले १ सय ६६ जना कर्मचारी माग गरेको छ। कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना, सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियट पदहरुका लागि ५०/५० जना कर्मचारी माग गरेको छ।

स्नातक तह उत्तीर्ण गरेका, सावरीचालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरुले कर्पोरेट रिलेसन अफिसर पदका लागि आवेदन दिन सक्नेछन्।

काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि कर्मचारी मागिएको छ । यसमा आवेदन दिन प्लसटु पास गरेको हुनुपर्नेछ। सेल्स एसोसिएटका लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमति पत्र भएकाहरुले आवदेन दिन सक्नेछन्।

आईएमई लाइफले माग्यो कर्मचारी 

आईएमई लाइफ इन्सुरेन्स कम्पनीले देशभरका ३९ ठाउँको लागि कर्मचारी माग गरेको छ । सातै प्रदेशका ३९ शाखा तथा उपशाखाका लागि प्रवन्धक तथा मार्केटिंग गर्ने कर्मचारीको माग गरेको छ । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बायोडाटा, शैक्षिक योग्यता प्रमाणपत्र तथा नागरिकताको प्रतिलिपि सहित निवेदन दिन अनुरोध गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!