सुनचाँदीको मूल्य घट्यो, आजको मूल्य कति ?

Posted on: 10 Aug, 2020

साउन २६, काठमाडौँ । केहि दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य आइतबारबाट घट्न थालेको छ ।  सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेर तोलाको १ लाख २ हजार ४ सय रुपैयाँ कारोबार मूल्य तय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलामा ९ सय रुपैयाँले घटेर तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा आइपुगेको छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो । आइतबार चाँदी तोलाको एक हजार ४ सय १० रुपैयाँ थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!