जार र बोतलको पिउने पानीको मूल्य तोकियो, एक लिटर बोतलको १६ रुपैयाँ मात्रै

Posted on: 10 Aug, 2020

साउन २६, काठमाडौं । सरकारले जार र बोतलमा बेचिने पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको हो ।

विभागले प्रशोधित पिउने पानी प्रतिजार ५० रुपैयाँ र प्रशोधित पिउने पानी प्रतिकार्टुन (१६ बोतल भएको) १५० रुपैयाँ तोकेको छ । अबदेखि पानीको जार उत्पादक कम्पनीले २० रुपैयाँमा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैयाँसम्म बेच्न पाउनेछन् भने अधिकतम खुद्रा मूल्य (एमआरपी) ५० रुपैयाँ तोकिएको छ । 

त्यस्तै प्रसोधित पानी १ लिटर बोतल प्रतिकार्टुन र एक बोतलको मूल्य खुद्रा मूल्य पनि तोकिएको छ । १ लिटर बोतलको प्रतिकार्टुन कम्पनीले ११० रुपैयाँ , डिस्ट्रीब्युटरले १३० रुपैयाँमा र खुद्रा व्यापारीले १५० रुपैयाँसम्म बेच्न पाउनेछन् । त्यस्तै १ लिटर बोतलको धिकतम खुद्रा मूल्य (एमआरपी) १६ रुपैयाँ तोकिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!