सुनचाँदीको भाउ फेरि बढ्यो

Posted on: 13 Aug, 2020

साउन २९, काठमाडौं।आइतबारबाट ओरालो लागेको सुनचाँदीको भाउ आज बढेको छ । आज सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

कोरोना सङ्क्रमण बढिरहँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले भाउ महँगो हुँदै तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । तर रुसले कोरोनाविरुद्धको खोप तयार गरेको दाबी गरेपछि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ युरोपियन देशले खोपमा अविश्वास गरेपछि आज फेरि भाउ बढेको हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!