प्रभु बैककको १ सय ३७ औं शाखा रसुवामा

Posted on: 26 Jul, 2016

साउन ११, रसुवा । प्रभु बैकको १ सय ३७ औ शाखा रसुवाको स्याफ्रुबेशी बजारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले एककार्यक्रमका बीच उद्घाटन गरे । 

उद्घाटनका क्रममा व्यवसायिक सम्भावना रहेको रसुवामा बैंकको उपस्थितिले धेरै सम्भावनाको उजागार गर्ने बताए । 

बैकका डिपुटी जनरल म्यानेजर तारा मानन्धरले स्थानीयसँग हातेमालो गरेर बिभिन्न किसिमका कर्जा प्रबाह गर्ने बताए । ६० अर्ब निक्षप र ४८ अर्ब लगानी रहेको बैकको महिला, बृद्ध, युवा केन्द्रीत योजना तय गरिने जानकारी दिदै देशको उन्नतीमा हातेमालो गर्न तयार रहेको बताए ।

कर्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, बैकका सञ्चालक समितिका सदस्य दक्ष पौडेललगायतले आफ्नो धारणा  राखेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!