धुन्चेमा नेपाल बङ्गलादेश बैंक स्थापना

Posted on: 28 Jul, 2016

साउन १३, धुन्चे । नेपाल–चीन केरुङ नाकामा व्यापार व्यवसाय बढेपछि सदरमुकाम धुन्चेमा नेपाल बङ्गलादेश बैंक स्थापना गरिएको छ । 

बैंक प्रबन्धक रोशनराज कर्णिकारका अनुसार केरुङ्तर्फका व्यापारीलाई केन्द्रित गरी सीमा क्षेत्रको टिमुरेमा उपशाखा सञ्चालनमा ल्याएपश्चात् धुन्चेमा शाखा विस्तार गरिएको हो । टिमुरे शाखामा नियमित कारोबार गर्ने सेवाग्राहीको सङ्ख्या एक जहार ९५१ रहेको बैंकले जनाएको छ । 

रु १० करोड निक्षेप रहेको सो शाखाले अपुग रकम केन्द्रबाट सापटी लिई रु १६ करोड ऋण प्रवाह गरेको बताइएको छ । यस्तै सेयर कारोबारका लागि हितग्राही खाता खोल्नेको सङ्ख्या १५० नाघिसकेको छ । 

रसुवामा हाल नेपाल बैंक, जनता, हिमालयन, मेगा, कृषि विकास, एनएमबी बैंक, आइसिएफसी फाइनान्स शाखामार्फत कारोबार भइरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!