भोजपुरको १६ गाविस घरभित्रको धुँवामुक्त घोषणा

Posted on: 31 Jul, 2016

साउन- १६, भोजपुर । भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ । 

भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला, दलगाउँ, ओख्रे धोद्लेखानी गाविस घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नाम्सालिङ सामुदायिक विकास केन्द्र इलाम हुँदै जिल्ला सेवा केन्द्र सामूहिक अभियान भोजपुरको पहलमा घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो । 

घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएका १६ गाविसमा १९ हजार ५८८ सुधारिएको चुल्हो बनिसकेको जिल्ला सेवा केन्द्र सामूहिक अभियानका कार्यक्रम संयोजक मिलन भण्डारीले जानकारी दिनुभयो । 

भोजपुरमा सन् २००८ बाट सुरु भएको सुधारिएको चुलो अभियान कार्यक्रम सन् २०१७ सम्म चल्ने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!