सिरहामा कमिसनको चक्करमा बजेट निकासा भएन

Posted on: 31 Jul, 2016

राम नारायण पंडित । साउन १६, सिरहा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सिरहाको भवानीपुर सडक ग्राभेल र सोलार बत्तिको काम सम्पन भएपनि निकासा नपाएको  क्षेत्र नंम्वर  ४ को सांसद रामचन्द्र यादवले बताएका छन् । आज (आइतवार) आफ्नै निवास सिरहाको धनगढीमा पत्रकार सम्मेलन गरी सांसद यादवले सन्तनगर भवानीपुरको तीन किलोमिटर सडक ग्राभेलको काम र क्षेत्रका विभिन्न स्थानमा सोलरबत्ति जडान गर्न सवै सामाग्री आएको भएपनि भुक्तानी नदिएको बताए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अन्य कामको भुक्तानी पाइएको भएपनि ३० लाखको कामको भुक्तानी नआएको बताए । कमिसनको कारण आफ्नो कामको भुक्तानी रोकेको यादवले आरोप लगाए । यादवले आफ्नो क्षेत्रमा भएको सवै कामको जिल्ला प्रमुख अधिकारी विजय नारायण मानन्धर, स्थानिय विकास अधिकारी टुवराज पोखरेललाई प्रत्यक्ष रुपमा निरीक्षण गराएको बताए । काम सम्पन्न भएदेखि नै जिल्ला विकास कार्यालयलाई मूल्याङ्कनको लागि अनुरोध गर्दा समेत  कमिसनकै कारण मूल्याङ्कन नगरिदिएको समेत यादवले आरोप लगाए । अघिल्लो बर्ष जिल्ला विकास मार्फत जडान गरिएको सोलार बत्ति तीन महिना पनि नचलेपछि यस पटक उपभोक्ता समिति मार्फत काम गराउन लागेको बताए । समितिमा विपक्षीहरुले मुद्दा हालेर विघटन गरेपछि सोलार वतिको सवै सामान खरिद भईसकेको छ । सभासद यादवले आफ्नै अमानतमा सामान खरिद गरेको भएपनि जिल्ला विकास समितिका कर्मचारी योजना अधिकृत डिभिजन इन्जिनियर राजकुमार गोइतले बदमासी गरेको बताउनु भयो । 

यता, स्थानीय विकास अधिकारी टुवराज पोखरेलले सभासदजीको क्षेत्रमा केही काम विवादीत भएको छ, त्यसको पनि मूल्याङ्कन समयमै नआएकोले उहाँको बजेट फ्रिज भएको बताए । आफूहरुले उहाँको क्षेत्रमा अनुगमन गरेको काम राम्रो भएपनि विवादित काम हेर्न नपाएको बताउनु भयो । उहाँले काम गर्नु भएको भएपनि अव त्यसको बजेट निकासा हुने नहुने सम्वन्धमा आफूले पनि बुझ्नु पर्ने बताउनु भयो । त्यस्तै, डिभिजन इन्जिनियर राजकुमार गोइतले समितिबाट कामको योजना पास भएको हो, काम पनि भएको छ, त्यसलाई अव नयाँ बजेटबाटै भएपनि मिलाउनु पर्ने बताउनु भयो । गोइतले नयाँ बजेटबाट भएपनि प्रकृया पुर्याएर भएको कामको भुक्तानी दिनु पर्ने बताउनु भयो । कुनै व्यक्तिको प्रभाव र कमिसनको खेलोका कारण आफूलाई अप्ठेरोमा पारेको सभासद यादवले आरोप लगाए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!