पुष्पलाल राजमार्ग अवरुद्ध

Posted on: 01 Aug, 2016

साउन १७, पाँचथर । वर्षासँगै सडकमा झरेको ढुङ्गा र पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । 

सो सडक अवरुद्ध भएपछि पाँचथर र तेह्रथुम सडकखण्ड खुल्न नसक्दा यात्रु मारमा परेका छन् । फिदिम– ५ सरखण्डे क्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएकाले पहिरो पन्छाउन समय लागेको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । 

पहिरो गएर सो सडक अवरुद्ध भएपछि तेह्रथुमको आठराई क्षेत्रका चुहान डाँडा र सङ्क्रान्ती बजारबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै इलाम र झापाको विर्तामोडतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र परेका छन् । कोही हिँडेरै फिदिमसम्म आइपुगेका छन् । च्याङ्थापु र ओयाम क्षेत्रमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!