वीरगंज उपमहानगरपालिकामा दर्ता हुन गएको फाईल गायब

Posted on: 03 Aug, 2016

साउन १९, वीरगंज | वीरगंज उपमहानगरपालिका कार्यालय वीरगञ्जमा दर्ता हुन गएको फाईल दर्ता नै नभई हराएको छ । वीरगंज उपमहानगरपालिका कार्यालयबाट मिना बजार कम्पलेक्सको लागि बोल पत्र आवहान गरिएको थियो । 

सोही अन्तर्गत वीरगञ्ज उपमहानगरपालिका कार्यालयमा विभिन्न संस्थाले उक्त बोलपत्रका लागि आ आफ्नो फाइल नगरपालिकामा पठाएका थिए । यसैबिच  आज बीरगञ्ज उपमहानगरपालिका का कार्यकारी अधिकृत विष्णु प्रसाद कोईरालाको तोक लगाई नगरपालिकाका सरसफाई अधिकृत राज तम्राकार र भिस्वा प्रहरी सहायक निरिक्षकलाई नगरपालिकाका अधिकृत स्वयमले ३ वटा बोल पत्र दर्ता गराउन दिएकोमा सरसफाई अधिकृत राज तम्राकारको विशेष मिलेमतोमा ३ वटा बोलपत्रमध्ये एक स्नेहा ट्रेडर्स प्रा. लि.को बोलपत्र दर्ता नै नगरी गायब गरिउको समाचार प्राप्त भएको छ  । 

यसरी बोल पत्र गायब भएपछि नगरपालिकाको सुरक्षाव्यवस्था माथि नै प्रश्न चिह्न खडा भएको  छ  ।  स्नेहा ट्रेडर्स को बोल पत्र हराएकाले उक्त मिना बजार कम्पलेक्सको बोल पत्र खारिज गरि पाउँ भन्देै स्नेहा ट्रेडर्स प्रा. लि. ले जिल्ला प्रशासन कार्यलय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र हेटौंडा, राष्ट्रिय सर्तकता केन्द्र बीरगञ्ज मा निवेदन दर्ता गराएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!