नेपाल विद्युत् प्राधिकरण उदयपुरद्वारा छब्बीस करोड महसुल सङ्कलन

Posted on: 09 Aug, 2016

साउन २५, उदयपुर । नेपाल विद्युत् प्राधिकरण उदयपुरले गत आवमा रु २५ करोड ९० लाख ५० हजार महसुल सङ्कलन गरेको छ । 

प्राधिकरणका प्रमुख अपदेशकुमार दुबेका अनुसार ८४ ग्राहकबाट रु चार लाख २० हजार महसुल उठाउन ठ्न बाँकी रहेको छ । ती ग्राहकको लाइन काट्न थालिएको छ । जिल्लामा विद्युत् ग्राहक २८ हजार ३५५ रहेका प्राधिकरणले जनाएको छ । गत आवमा मात्रै एक हजार ४४० ग्राहक थपिएका छन् । 

पछिल्लो समय कार्यालयले महसुल नबुझाउने ग्राहकको धमाधम लाइन काटेर कारबाही गर्न थालिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!