सहकारी अधिकृत नहुँदा नँया सहकारी संस्था दत्र्ता गर्न समस्या

Posted on: 12 Aug, 2016

नन्दराम जैशी | साउन २८ जुम्ला | डिभिजन सहकारी कार्यालय जुम्लामा सहकारी अधिकृत नहुँदा नँया सहकारी संस्था दत्र्ता गर्न समस्या भएको छ । २०७२ चैत महिना यता डिभिजन सहकारी कार्यालय जुम्लामा सहकारी अधिकृत तथा अधिकार प्राप्त कार्यालय प्रमुख नहँुदा नँया सहकारी संस्था दत्र्ता गर्नमा समस्या भएको हो ।

सहकारी अधिकृत नारायण चाँपागाँइ स्थानिय विकास मन्त्रालयमा सरुवा भइ गएपछि कार्यालय चैत महिना यता सहकारी अधिकृत तथा अधिकार प्राप्त कार्यालय प्रमुख बिहिन भएको छ । निमित्त सहकारी अधिकृत लक्ष्मी प्रसाद अधिकारीका अनुसार कार्यालयमा सहकारी अधिकृत नहुँदा नँया सहकारी संस्था दत्र्ता गर्न र जुम्ला सहित कर्णालीका पाँचै जिल्लामा अवस्थीत निस्क्रीय सहकारी संस्थाहरुलाइ खारेजी प्रक्रियामा लिन असहज भएको बताइएको छ ।     

उहाले भन्नुभयो, कार्यालयको अन्य कुनै पनि दैनिक कामकाजमा समस्या भएको छैन, कार्यालयले गर्नुपर्ने सबै काम र सेवा प्रवाह पारदर्शिताको रुपमा संचालन र सम्पादन गरेका छौ । तर म सँग अधिकार नहुँदा नँया सहकारी दर्ता र निस्क्रीय सहकारी खारेज गर्न सकिएको छैन । जुम्ला सहित कर्णालीका सबै जिल्लाबाट कार्यालयमा नँया सहकारी संस्था दर्ताको लागि फोन आउने गर्दछन् आफुसँग अधिकार नभएकाले दर्ता प्रक्रिया अघि बढाउन सकिएको छैन, उहाले बताए ।      

कार्यालयमा अधिकार प्राप्त सहकारी अधिकृत नआँउदासम्म आफुलाइ प्राप्त अधिकार अनुसार सबै कार्य सम्पादन गरीने भन्दै नँया सहकारी दर्ता नभएकोमा उहाले यसबाट पर्न जाने असुविधा प्रति क्षमा आचना गर्नुभयो । सहकारी अधिकृत तथा कार्यालय प्रमुखका लागि सहकारी विभागमा पहल भैरहेको बताउदै अबको केहि महिना भित्र अधिकृत आउने आशामा रहेको कार्यालयका खरिदार गोपाल वहादुर भण्डारीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!