सुरुङ्गामा अब पार्टी हल

Posted on: 15 Aug, 2016

सुरुङ्गा, साउन ३१ । कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा सञ्चालित एसपी क्याफेले आफ्नो सेवा सुविधालाई विस्तार गरेको छ । 

कनकाई नगर क्षेत्रमा रहेका धनुषकोटी, कोटीहोम, जामुनखाडी, आदिबासीहरुको कोच संग्रहालयमा आउने आन्तरिक तथा बाह्य (धार्मिक र मनोरञ्जन) गर्ने पर्यटकहरुलाई सेवा प्रदान गर्न पार्टी हल सञ्चालनमा ल्याएको बताइएको छ । 

हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा कनकाई नगरभित्रको पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्नकै लागि बिर्तामोडमा रहेको साइ प्यालेस रेष्टुरेन्टको बाञ्चको रुपमा ६ महिना अघि एसपी क्याफे सञ्चालनमा ल्याएको सञ्चालक निरोज सिटौलाले जनाएका छन् ।

सिटौला  होटल व्यवसायको क्षेत्रमा भारतको पुनामा हुँदै काठमाडौंमा व्यवसाय सञ्चालन गरी सोही पेसामा कतारमा ८ वर्ष काम गरेर अनुभव बटुलेका व्यक्ति हुन् । कनकाईमा विवाह, ब्रतबन्ध, पार्टी, सेमिनार गोष्ठी सञ्चालन गर्न अन्य कुनै रेष्टुरेन्ट र पार्टी हल नभएकाले स्थानीय आवश्यकता पूर्ति गर्न पार्टी हल सञ्चालनमा ल्याएको सिटौलाको दावी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!