ग्रामिण सडकको हरिबिजोग, उपभोक्ता दोहोरो मर्कामा

Posted on: 15 Aug, 2016


प्रकाश बम | साउन ३१, डोटी । वर्षातका कारण डोटीका अधिकांश ग्रामीण क्षेत्रका सडकहरु बन्द भएका छन् । जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका अधिकांश सडकहरु वर्षातले बिगारेपछि बन्द भएका हुन् । घाम लागेपछि केही ग्रामीण क्षेत्रमा भने जोखिम मोलेर भएपनि पिकअप जिप संचालन भइरहेका छन् । चालकहरु ज्यान हत्केलामा राखेर गाडी चलाउन बाध्य छन् । दुर्घटनाको जोखिम निकै छ ।  

ग्रामीण क्षेत्रका कच्ची सडकहरु वर्षातको पानीले खोल्ने तथा सडक माथीबाट पहिरो जाने गर्नाले सवारी साधनहरु चलाउन गाह्रो भएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष गणेश मलासिले बताए । दिपायल देखि धुरकोट र  लडागडा सम्म समितिले जिप चलाउन अनुमति दिएको र अन्य चलिरहेका दिपायल देखि मौवा र वायलसम्म आफ्नो हिसाबले जोखिम मोलेर जिप सञ्चान भइरहेका शैलेश्वरी क्षेत्र विकास समितिका कार्यलाय प्रमुख हकै महराले बताए । 

साग्रामिण सडक बिग्रिएपछि  सदरमुकाममा मात्र जिप चलाएर चालकको पारिश्रमिक तिर्न गाह्रो भएको जिप संचालक कैलाश बमले बताए । दिपायल सिलगढीमा अहिले जिपहरु बढी भएकाले एक दुई पटक ओहोर दोहोर गर्ने पालो आउने गरेको जिप चालकहरुले बताएका छन् । ग्रामिण सडकहरु अवरुद्धहुँदा कयौं चालक कामविहिन भएका छन् ।  

वर्षातको समय नढल्किए सम्म बाटो खुलाउन त्यचि उचित नरहेको स्थानीय विकाक अधिकारी कृष्ण गौतमले बताए । बाटो खुलाए पनि वर्षाले भत्काहाल्ने र दोहोरो खर्च मात्रै हुने स्थानिय विकास अधिकारी गौतमको भनाई छ । 

डोटीका ग्रामिण सडकमा पहिला जिपको पर्खाइमा घण्टौँ बस्ने यात्रुहरु यति बेला भने गाडी कुर्न छोडेका छन् । उनीहरु पैदल हिड्न थालेका छन् । ग्रामिण सडकमा सवारी साधन नचल्दा दैनिक उपभोग्य सामग्रीहरुको मूल्य आकाशिएको उपभोक्ताको गुनासो छ । सडक अवरुद्ध हुनेवित्तिकै उपभोग्य बस्तुको मूल्यमा उतार चढाव आइहाल्ने उपभोक्ताहरु बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!