मापनभन्दा कम तेल दिएपछि साझाको डिजेल मेसिनमा सिल

Posted on: 22 Aug, 2016

भदौ ६, काठमाडौं । मापनभन्दा कम तेल दिएपछि ललितपुरस्थित पुल्चोकको साझा पेट्रोल पम्पमा रहेको एउटा डिजेल मेसिनमा सिल गरिएको छ । 

गुणस्तर तथा नापतौल विभागबाट खटिएको सरकारी टोलीले डिजेल मेसिनले नाप गर्दा एकलिटर डिजेलको मापनमा २ सय मिलिलिटरसम्म परिणाम घटी भएको देखिएपछि सिल गरेको हो ।

पेट्रोल नोजलमा भने समस्या नदेखिएकाले डिजेलको नोजलमात्रै बन्द गराइएको विभागका अनुगमन संयोजक कमल ओझाले बताए ।

योजनावद्ध रुपमा गरिएको वा बिगि्रएर भएको भन्ने यकिन गर्न प्राविधिक टोली खटाएपछि विभागले साझाविरुद्ध कारवाहीको प्रक्रिया अघि बढाउने छ ।

यसैगरी लगनखेलको महायान पेट्रोल पम्पमा पनि मापनभन्दा कम मात्रामा डिजेल वितरण भइरहेको भेटिएपछि सिल गरिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!