बझाङबाट १२ गाँउपालीकाको माग

Posted on: 28 Aug, 2016

सम्राट सिंह | भदौ १२, बझाङ | स्थानिय तह पुर्न संरचना आयोगले जिल्लामा आठ वटा गाँउपालीकाको संख्या अनुसार सरोकारवालाको राय सुझाव बैठक गोष्ठि गरि टुङ्गो लगाउन खोजेपनि बझाङमा  गाँउपालीको  टुङ्गो लागेन । 

प््रााविधिक सहयोग समितिले शुक्रवार जिल्ला स्तरिय स्थानिय तह पुर्न संरचना सम्वन्धि कार्यशाला गोष्टि राखी प्रस्तावित खाका सार्वजनिक गरेपछि उक्त खाका प्रति व्यापक असहमती आएपछि बिशिष्ट परामर्श एवं कार्य सम्पादन समुहले १२ वटा गाउँपालिकाको माग गरेको छ ।  

प्रस्तावित खाका माथी छलफ गर्न जिल्लामा आएका साँसदहरु, दलका नेताहरु र अन्य सरोकारलावाहरुले बझाङको भूबनोट का आधारमा गाउँ पालिकाको माग गरेका हुन ।

राज्य पुर्न संरचना आयोगले भदौ १५ गते भित्र प्रस्तावित गाँउ पालीकाका भित्र रहेका  स्थानियहरुको राय सुझाव सहित गाँउ पालीकाको अन्तिम खाका केन्द्रमा पठाउने परिपत्र गरेपनि  यहाँ सो अवधि भित्र काम सकिने अवस्था देखीदैन  । 

आयोग ले दिएको कार्यविधि बमोजिम ८ वटा संख्यामा टुङ्गो लगाउन हामीले धेरै पटक पहल गरेका थिऔं स्थानिय तह पुर्न संरचना प्राविधिक सहयोग समितिका सदस्य  महेन्द्रसिंह कुँवरले बताए । उनले भने बिशिष्ट परामर्श एवं कार्यसम्पादन समुहले १२ वटा गाउँपालिकाको माग गरेकाले सोही अनुसार केन्द्रिय आयोगमा अनुरोध गरी पठाएका छौ । बिशिष्ट परामर्श तथा कार्यसम्पादन समुहले अनुरोध गरेपछि केन्द्रिय आयोगको र्निर्देशन नआउन्जेल स्थानिय तह पुर्न संरचना प्राविधिक सहयोग समितिले बैठक स्थगित गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!