विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराको ५ लाख बढी बक्यौता रकम असुली

Posted on: 29 Aug, 2016

ललित बोहरा । भदौ १३, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ग्राहकको लाइन काट्ने अभियानलाई निरन्तरता दिएपश्चात साढे ५ लाख बढी बक्यौता रकम असुली भएको छ । 

बक्यौता रकम असुल गर्न ग्राहकको लाइन काट्ने देशब्यापी अभियानलाई तिब्रता दिए पश्चात मात्रै सो बक्यौता रकम उठेको बितरण केन्द्रका निमित्त प्रमुख पुष्प राज भट्टले जानकारी दिएका छन । १ सय ४२ औद्योगिक सहित १३ हजार ३ सय ७० ग्राहक संख्या भएको केन्द्रमा अमरगढी नगरपालिकाले मात्रै सडक बत्ति प्रयोजनको १० लाख ९६ हजार ४ सय ३७ बक्यौता रकम बितरण केन्द्रलाई बुझाउन बाकिँ रहेको निमित्त प्रमुख भट्टले बताएका छन । 

बर्षौंदेखि विद्युत सेवा उपभोग गरेवापतको महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने कार्यलाई अहिलेपनि तिब्रता दिईएको छ । जसमा सोमबार सम्म २०–२५ ग्राहकको लाइन काटिएको जनाइएको छ । बक्यौता रकम असुली गर्न विद्युत सेवा काटिने अभियान चलाइएपनि विद्युत चोरीलाई भने प्राधिकरणले नियन्त्रण गर्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!