मर्मतपछि सुनकोसीबाट विद्युत् उत्पादन

Posted on: 30 Aug, 2016

भदौ १४, चौतारा । भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु भएको छ । 

बाढीले क्षतिग्रस्त २ नं ढोकालाई सफा गरी एउटा टर्वाइन चालु गरी ३।५ देखि ३।७ मेगावाटसम्म विद्युत् उत्पादन हुन थालेको केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले जानकारी दिनुभयो । बाँधको छवटा ढोकामध्ये १ र २ नं ढोका ठूला ठूला ढुङ्गा र गेगरले पुरिएकामा त्यसलाई हटाएपछि विद्युत् उत्पादन थालिएको हो । 

“एक नं ढोकामा ढुङ्गा पन्छाइ सफा गर्ने काम भइरहेको छ, एक साताभित्र अर्को टर्वाइन पनि सञ्चालनमा आई थप विद्युत् उत्पादन सुरु हुन्छ,” उहाँले भन्नुभयो । दुई साताअघि २।५ मेगावाट मात्र विद्युत् उत्पादन हुँदै आएको थियो । ठूलो क्षमताको इस्काइभेटर डेड दशक पुरानो भएकाले समय समयमा बिग्रिरहने हँुदा मर्मत गर्न दक्ष प्राविधिक उपलब्ध गराउन समस्या हुँदा काम गर्न ढिलाइ भएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!