डडेल्धुराको बागबजार क्षेत्रका पसलमा अनुगमन, मुल्य नाघेका अखाध्य समाग्री बरामद

Posted on: 05 Sep, 2016

ललित बोहरा | भदौ २०, डडेल्धुरा | नेपालीहरुको महान चार्डपर्व दशै तिहार जस्ता ठुला चाडपर्वलाई मध्य नजर गर्दै डडेल्धुरा सदमुकाम बागबजार क्षेत्रका पसलहरुमा अनुगमन गरेको छ ।  जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला करुणाकर अबस्थीको नेतृत्वमा गरीएको अनुगमनमा पसलै पीछे धेरै फरक फरक मूल्य पाईएको छ । 

बजार क्षेत्रको सडकमा रहेको रंग बिक्री गर्ने भारतीय नागरीकले बिना बिल बिक्री बितरण गरेको ,केमीकल प्रयोग गरी रंग बनाउने,कोठामा बिभीन्न प्रकारका मकैको धुलो जस्तो देखीने समाग्री बरामद गरेको छ । यस्तै तरकारी पसलहरुले पनी मनपरी मुल्य लिएको पाईएको छ । तराकारी पसलहरु  जिल्ला कृषी कार्यालय डडेल्धुरा र उधोग वाणिज्य संघद्धारा निमार्ण भएको पसलहरुमा तराकारी पसल सञ्चालन गर्नु पर्नेमा तरकारी पसल सञ्चालकहरुले जोड दिएका छन् । अनुगमनमा रहेका सहायक प्रमुख अबस्थीले दशै भित्र तरकारी पसललाई ब्यबस्थापन गर्ने बताएका छन् । यस्तै अनुगमनका क्रममा पनेरु तराकारी पसल दार्ता नगरी सञ्चालनमा  रहेको र मुल्य नागेका टफी १६ पाकेट,बिस्कुट ३ पाकेट, मिटमासला ३२ पाकेट पाईएका छन् । मुल्य नागेका समाग्रीहरु भोली नष्ट गरीने सहायक प्रमुख जिल्ला अधीकारी अबस्थीले जनाएको छ । 

यस्तै श्रीगारका पसलहरुमा एउटै  प्रकारको समानमा २ हजार बारबर मुल्य पसलै पिछे फरक रहेको पाईएको छ । श्रीगारका सबै पसलहरुलाई मूल्य लिष्ट लगाएने पर्ने सहायक प्रमुख जिल्ला अधिकारी अबस्थीले निर्देशन दिएका छन् । बजार अनुगमन नगर्दा मुल्य बृद्धी भने समाचार प्रकाशन भएपछि बजार अनुगमन भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!