प्रदेश नम्बर ७ को उच्च अदालत कैलालीमा राख्न माग

Posted on: 08 Sep, 2016

भदौ २३, कैलाली । कैलालीका कानुन व्यवसायीहरुले प्रदेश नम्बर ७ को उच्च अदालत कैलालीमा राख्न माग गरेका छन । जिल्लाबार कैलालीले आज आयोजना गरेको उच्च अदालत स्थापना विषयक अन्तक्रिया कार्यक्रममा सहभागि कानुन व्यवसायीहरुले सो माग गरेको हुन । 

न्यायका उपभोक्ताहरुको सबैभन्दा बढी चाप कैलालीमा भएकाले उच्च अदालत पनि कैलालीमा राखिनुपर्ने जिल्लाबार कैलालीका अध्यक्ष प्रेम चन्दले बताउनुभयो । उहाले कैलाली–कञ्चनपुरमा मुद्धाको चाप अन्य जिल्लाको भन्दा बढी रहेको भन्दै भौतिक पुर्वाधारको पनि सुविधा भएकाले उच्च अदालत कैलालीमा राख्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा वरिष्ट अधिवक्ता रमेशदेव भट्टले कञ्चनपुरका कानुन व्यवसायी पनि उच्च अदालत कैलालीका स्थापना गर्न सहमत रहेको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!