उद्योग वाणिज्य संघ डडेल्धुरा सुदुरपश्चिमाञ्चल महोत्सवको तयारीमा

Posted on: 15 Sep, 2016

भदौ ३०, डडेल्धुरा । डडेल्धुरा महोत्सवको अभियान सुन्दर समृद्ध सुदुरपश्चिमको पहिचान भन्ने नारा सहित डडेल्धुरामा कार्तिक २६ गते देखि मंसिर ६ गते सम्म सुदुरपश्चिमाञ्चल क्षेत्रिय महोत्सव २०७३ को आयोजना गरिने भएको छ । 

उद्योग वबणिज्य संघ डडेल्धुराको आयोजनामा सञ्चालन हुने महोत्सवमा लघु उद्यम कृषि पर्यटन जडिबुटि जलबिद्युत व्यापार तथा सांस्कृतिक प्रदशर्नी गरिने जनाईएको छ । बिहिबार संञ्चारकर्मि संग गरिएको अन्तरक्रियामा उद्योग वाणिज्य संघ डडेल्धुराका महा–सचिव दिजराज भट्टले सुदुरपश्चिम क्षेत्रको समग्र विकासका लागी महोत्सवको आयोजना गरिन लागेको बताएका छन । 

११ दिन सम्म सञ्चालन गरिने महोत्सवमा स्थानिय स्तरमा उत्पादित चिज वस्तुलाई बिशेष महत्व दिनुका साथ साथै राष्ट्रिय कलाकारहरुको बृहत सास्कृतिक कायक्रम रहने महा सचिव भट्टले बताएका थिए । महोत्सवमा अनुमानित ३५ लाख बराबरको आय व्यय हुने महासचिव भट्टले सञ्चारकर्मीलाई जानकारी गराएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!