सुरक्षाभत्ता बैंङकिङ प्रणालीबाट वितरण गर्ने

Posted on: 16 Sep, 2016

भदौ ३१, पाँचथर । फिदिम नगरपालिकाले सामाजिक सुरक्षाभत्ता बैंङकिङ प्रणालीबाट वितरण गर्नेभएको छ । 

सदरमुकाम फिदिममा रहेका सरकारी तथा व्यावसायिक दशवटा बैंकमा धमाधम खाता खोल्ने कार्य भइरहेको छ । फिदिम नगरपालिका–१ का सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिले फेवा विकास बैंक, वडा नं– २ का लागि राष्ट्रिय वाणिज्य बैंक, वडा नं – ३ का लागि एनएनबि वैंक, वडा नं– ४ का लागि माछापुच्छ्ररे बैंक र वडा नं– ५ का लागि नेपाल बैंक लिमिटेडमा खाता खोल्ने व्यवस्था गरिएको छ । 

यसैगरी फिदिम नगरपालिका– ६ का लागि कृषि विकास बैंक, वडा नं– ७ का लागि सप्तकोसी बैंकमा, वडा नं– ८ का लागि एसविआई बैंक, वडा नं– ९ का लागि ग्लोबल आइएमई बैंक र वडा नं– १० र ११ का लागि सिभिल बैंकमा खाता खोल्ने व्यवस्था गरिएको कार्यालय प्रमुख काजीमान राईले बताउनुभयो । 

बैंकमा आएर खाता खोल्न नसक्ने अतिअशक्त वृद्धवृद्धालाई भने नगरपालिका, वडा नागरिक मञ्च, सामाजिक परिचालिकासित आवश्यक छलफल गरेर पायक पर्ने स्थानमा बैंकका प्रतिनिधि गएर खाता खोल्ने व्यवस्था गरिने छ । आगामी असोज १५ गतेसम्ममा बैंकमा खाता खोली सक्नुपर्ने छ । अहिले फिदिम नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिने एक हजार १५१ जना रहेका बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!