कुटानी पिसानी र तेल पेल्ने मेसिन सञ्चालनमा नआउँदा गाँउमा समस्या

Posted on: 20 Sep, 2016

नन्दराम जैशी | असोज ४, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका १२ तलिउमको कराकोटमा रहेको कुटानी पिसानी र तेल पेल्ने मेसिन सञ्चालनमा नआउदाँ समस्या भएको छ । श्रावण ३० र ३१ गतेको अविरल वर्षाका कारण कुटानी पिसानी र तेल पेल्ने मेसिन राखिएको भवन भत्किदा अझै संचालनमा आउन सकेको छैन । सत्र खम्वा जैविक विविधता संरक्षण तथा विकास समितिका अध्यक्ष जयकृष्ण धरालाका अनुसार गाँउमा भएको मिल संचालन नहुदा कुटानि पिसानिमा समस्या भएको हो ।     

भवानी सामुदायिक वीउ विजन बैंक र लापाको आर्थिक सहयोगमा बनेको मिल करिब ५ लाखको लागतमा निमार्ण गरिएको थियो । गाँउमा किसानले उत्पादन गरेका तेलजन्य वस्तुबाट आर्थिक स्थितीमा सुधार ल्याई जिवनस्तर उकास्ने उद्देश्यले निर्माण गरिएको मिलको क्षति पछि व्यावस्थापन गर्न नसक्दा किसान दुःखी भएका छन् । गाउँमा निर्माण भएको मिल देख्दा खुसी छाएको मन पुन निराशपन भएको भवानी सामुदायिक वीउ विजन बैंकका अध्यक्ष सुरबहादुर भण्डारीले बताउनु भयो ।    

मिलको व्यावस्थापन तथा पुनस्र्थापनाका लागी जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा सहयोगका लागी माग गरिरहेकोे भण्डारीको भनाइ छ । स्थानिय किसानले आरुको विया, सुर्यमुखी र ढटेलो जस्ता तेलजन्य वस्तु जम्मा गरेको भएपनि तेल पेल्न नपाएको बताएका छन् । मिल संचालन नभएपनि हाल स्थानिय बासिले गाउँमा तेलजन्य वस्तु घरघरमा जम्मा गरीरहेको उहाँको भनाइ छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!