अछामको खप्तड गाबिसमा पशुचौपायामा एक्कासि खोरेत रोग

Posted on: 20 Sep, 2016

कमल रावल । असोज ४, अछाम | अछामको खप्तड गाबिसमा पशुचौपायामा एक्कासि खोरेत रोग देखा परेको छ । एक महिना देखि गाबिस वडा नम्बर १ देखि ६ सम्म खोरेत रोग सुरु भएपछि हाल सम्म ३० भन्दा बढी बाख्रा र १० गोरु तथा गाई मरिसकेका छन । 

बाख्रा तथा गाई गोरुको खुट्टामा खोरेत तथा मुखमा फोकाहरु आउने वितिकै घाँस खान छोडेपछि २ दिन भित्रै मर्ने गरेका किसानले बताएका छन । खप्तड गाबिस वडा नम्बर ४ का खगेन्द्र कडयतका मात्र १० बाख्रा हाल सम्म मरिसकेका बताईएको छ । ईलाका तथा जिल्ला पशु सेवा कार्यालयमा औषधिका लागि नगएपनि निजि औषधि पसल बाट औषधि कीनेर औषधि गर्दा ठिक नहुने गरेको उनिहरुले बताएका छन । बढी जसो बाख्राहरु गरिवि निवारण कोषको सहयोगमा किनिएका बाख्रा मरेका बताईएको छ । गाबिसका विरे कामि, अमर विक, आईते कडायतका बाख्रा मरेका किसानले बताएका छन । 

पशुचौपायामा दिनदिनै रोग बढदै गईरहेकाले सम्बन्धीत ईलाका पशु सेवा तथा जिल्ला पशुसेवा कार्यालयले स्वास्थ्यकर्मिको टोलि पठाईदिन उनिहरुले आग्रह गर्नु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!