झापामा अठचालीस करोड भत्ता वितरण

Posted on: 21 Sep, 2016

असोज ५, भद्रपुर । जिल्ला विकास समितिले आव २०७२/७३ मा ५३ हजार ३६९ जनालाई रु ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । 

ज्येष्ठ नागरिक २८ हजार ३०० लाई रु ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक ९दलित० एक हजार ७७२ लाई रु एक करोड पाँच लाख छ हजार, विधवा १४ हजार ४५ जनालाई रु आठ करोड ४० लाख, पूर्ण अपाङ्गता भएका ९६४ जनालाई रु एक करोड १४ लाख १२ हजार र आंशिक अपाङ्ग ८० जनालाई रु चार लाख १२ हजार वितरण गरेको छ । 

यसैगरी अतिअशक्त ४२५ जनालाई रु २६ लाख ५६ हजार, लोपोन्मुख आदिवासी/जनजाति दुई हजार २१४ जनालाई रु पाँच करोड ३८ लाख ८० हजार र पाँचवर्ष मुनिका दलित बालबालिका एक हजार ५१० जनालाई रु ५१ लाख ३७ हजार भत्ता वितरण गरेको कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!