अर्थ/विकास |


हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

Posted on April 11, 2021 | views : 284 |

चैत्र २९, सिमकोट । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थि

Read More

निर्माण उपकरण र प्रविधिको प्रदर्शनी आजदेखि शुरु

Posted on April 11, 2021 | views : 197 |

चैत्र २९, काठमाडौँ । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शनी शुरु गर

Read More

घट्यो सुनको मूल्य

Posted on April 11, 2021 | views : 802 |

चैत २९, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा प्रतितोला ४ सयले घटेरछापावाल सुनको मूल्य ८९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि छापावाल सुनको मूल्य ८९ हजार ९ सय काम भएको थियो । गत साता लगातार उकालो लागेको सुनको मूल्यमा आज

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on April 11, 2021 | views : 511 |

चैत २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५३ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीद

Read More

लयमा फर्किए विकास आयोजना

Posted on April 10, 2021 | views : 189 |

चैत २८, म्याग्दी | म्याग्दीका विकास आयोजनाको निर्माण कार्य करीब एक वर्षपछि लयमा फर्किएको छ । अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाए पनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौती देखिएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको जोखिम र रोकथामका लागि गत वर्षको चैतदेखि गरिएको ल

Read More

अब ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने

Posted on April 09, 2021 | views : 288 |

चैत २७, काठमाडौँ । अब ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको हो । महाशाखाका प्रमुख प्रहरी ब

Read More

सिंगटी इनर्जीको आइपीओ बाँडफाँट,कसरी हेर्ने नतिजा ?

Posted on April 09, 2021 | views : 367 |

चैत २७, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले सर्वसाधरणका लागि निष्कासन आइपीओ बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान ११ बजे  बाँडफाँट गरेको हो । कुल आवेदक १५ लाख ५९ हजार ८ सय २ मध्ये २ लाख ५९ हजार ७ सय जनाले मात्र १० कित्ताका दरल

Read More

वल्र्डलिंकले ल्यायो ‘हर्षको नयाँवर्ष’अफर

Posted on April 09, 2021 | views : 308 |

चैत २७, काठमाडौँ । वल्र्डलिंकले नयाँ वर्षमा ‘हर्षको नववर्ष’अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज  लिएमा ६२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । अफरमा ग्राहकहरूले २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा १२ महिना नेट टीभीको से

Read More

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै

Posted on April 09, 2021 | views : 451 |

चैत २७, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ ।  अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेक

Read More

९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Posted on April 09, 2021 | views : 492 |

चैत २७, काठमाडौँ ।  शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा प्रतितोला ९ सयले बढेर छापावाल सुनको मूल्य ८९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहिबार पनि प्रतितोला सुनको मूल्य एक हजारले बढेर ८९ हजारमा कारोबार भएको थियो । पछिल्लो समय

Read More

यस्तो छ आजको विनिमयदर

Posted on April 09, 2021 | views : 329 |

चैत २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६२ पैसा र बिक्री

Read More

बैंकिङ फाइनान्स इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने

Posted on April 08, 2021 | views : 276 |

चैत २६, काठमाडौँ । बैंकिङ फाइनान्स एण्ड  इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपीओ)निष्काशन गर्ने भएको छ ।  कम्पनीले १०० रुपैंया अंकित दरमा कुल ५५ हजार शेयर निष्काशन गर्न लागेको हो । बिहिबार शेयर निष्काशनका लागि एनआई सी एसिया क्यापिटल लिमि

Read More

बजार पूँजीकरण जिडिपीको हाराहारीमा

Posted on April 08, 2021 | views : 278 |

चैत २६, काठमाडौं । लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पूँजीकरणमा परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब पुगेको छ । यो नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) को हाराहारी हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार रु ३७

Read More

बेलायतबाट राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउँदै

Posted on April 08, 2021 | views : 393 |

चैत २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउने भएको छ । बैंकले १३ करोड ७७ लाख ७ हजार रुपैयाँमा नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो । उक्त मेसिनले नक्कली, सक्कली नोट छुट्याउनेछ । केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मे

Read More

सुनको मूल्य लगातार उकालो

Posted on April 08, 2021 | views : 484 |

चैत २६, काठमाडौँ । सुनको मूल्य लगातार उकालो लाग्न थालेको छ । बुधबार ८८ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजारले बढेर ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ । चैत १९ गते ८६ हजार ५

Read More

राष्ट्रिय जनगणना : पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारेको विवरण सङ्कलन गरिँदै

Posted on April 08, 2021 | views : 326 |

सिद्धराज भट्ट । चैत २६, सुदूरपश्चिम । राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिँदै छ । यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक,

Read More

प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

Posted on April 08, 2021 | views : 232 |

चैत २६, तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइन

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on April 08, 2021 | views : 417 |

चैत २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्र

Read More

मर्चेन्ट बैंकरद्वारा आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालीम

Posted on April 07, 2021 | views : 233 |

चैत २५, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । एशोसिएसले समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थ

Read More

माथिल्लो तामाकोशी अन्तिम चरणमा, आगामी वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने

Posted on April 07, 2021 | views : 345 |

चैत २५, काठमाडौँ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने ल

Read More

राइस कुकरभित्र करीब १ किलो सुन लुकाएर ल्‍याउने व्यक्ति विमानस्थलबाट पक्राउ

Posted on April 07, 2021 | views : 1049 |

चैत २५ , काठमाडौं । राइस कुकरभित्र करीब १ किलो सुन लुकाएर ल्‍याउने व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्‍याउने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका धन

Read More

अपर सोलु हाइड्रोपावरले माग्यो आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति

Posted on April 07, 2021 | views : 396 |

चैत २५, काठमाडौँ । अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोनमा) आईपीओ निष्काशनका लागि निवेदन दिएको हो। अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ५ सय कित्ता आइपीओ

Read More

सेरम इन्स्टिच्यूटलाई खोप उत्पादनमा रकम अभाव

Posted on April 07, 2021 | views : 195 |

चैत २५, मुम्बई । भारतमा अस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताउनु भएको छ । खोप उत

Read More

९ वर्ष खाडीमा कमाएको ८० लाख अमेरिका जान गुमेपछि गाउँमै बाख्रापालन

Posted on April 07, 2021 | views : 846 |

चैत २५, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले  यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाउनुभयो । आलुको  बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोप्नुभएकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उहाँलाई कुनै दुखेसो छैन ।  सधैँजस्तो आलु ब

Read More