अर्थ/विकास |


व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

Posted on September 24, 2020 | views : 224 |

असोज ८, काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाको उपस्थितिमा इन्स्टिच्युटका कार्यकारी निर्देशक तिलक भण्डारी र फाउण

Read More

चन्द्रागिरि हिल्सको विशेष अफर, केवलकारमा ५० प्रतिशत छुट

Posted on September 24, 2020 | views : 492 |

असोज ८, काठमाडौं । चन्द्रागिरि हिल्सले दसैतिहारको अवसर पारेर विशेष अफर ल्याएको छ। कम्पनीले चन्द्रागिरि केवलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिर्सोटमा ६५ सय रुपैयाँमा एक जोडीलाई ब्रेकफास्ट र डिलक्स रुमसहितको प्याकेज ल्याएको छ । यो अफर बुधबारदेखि कार्यान्वयनमा आउनेछ भने मंसिर १५ गतेसम्म लागु ह

Read More

बिहीबार पनि घट्यो सुनको भाउ, आजको भाउ कति ?

Posted on September 24, 2020 | views : 416 |

असोज ८, काठमाडौं । आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ । शुक्रबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेर १

Read More

सप्तकोशीको बजेट रु ४७ करोड

Posted on September 24, 2020 | views : 382 |

असोज ८, सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै

Read More

२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

Posted on September 23, 2020 | views : 317 |

असोज ७, मकवानपुर । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ ।  सम्झौताअनुसारको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरेर पनि ल

Read More

पहिरामा परेर एकको मृत्यु

Posted on September 23, 2020 | views : 377 |

असोज ७, मकवानपुर । काठमाडौँ–हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्य

Read More

बेँसीशहर–चामे सडक अवरुद्ध

Posted on September 23, 2020 | views : 964 |

असोज ७, लमजुङ । लमजुङ र मनाङको एक मात्र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाले गएरातिदेखि बाढीपहिरो जाँदा यसखण्डको बेँसीशहर नगरपालिका– ७ पुवाखोला र वडा नं– ६ खरखरेभीरमा सडक अवरुद्ध भएको हो ।  निरन्तर वर्षाले बाढी आउँदा पुवाखोलाले करिब पाँच÷छ मिटर सडक खोलेको र खरभर

Read More

सिमीकोटमा यस वर्ष पनि सडक पुग्न कठिन

Posted on September 23, 2020 | views : 423 |

सञ्चिता घिमिरे । असोज ७, काठमाडौँ । देशभरका ७७ जिल्लामध्ये सडक सञ्जालसँग जोडिन बाँकी रहेको एक मात्रै जिल्ला हुम्ला सदरमुकाम सिमीकोटमा चालु आर्थिक वर्षमा पनि सडक पुग्न कठिन देखिएको छ ।  हुम्लाको सदरमुकामसम्म सडकको ट्र्याक खोल्न सडक विभाग र नेपाली सेना दुवै लागिपरेका छन् । सडक विभागले निर्माण गरि

Read More

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने

Posted on September 23, 2020 | views : 360 |

असोज ७, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद

Read More

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना

Posted on September 23, 2020 | views : 251 |

असोज ७, रुकुमपूर्व । रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ । प्रदेश ५ सरकारले आर्थिक तथा सामाज

Read More

सुनको भाउ तोलामै १२ सय घट्यो

Posted on September 23, 2020 | views : 571 |

असोज ७, काठमाडौं । सुनको मूल्य घट्ने थालेको छ । मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि तोलामा १२ सय रुपैंयाले घटेको छ । मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी

Read More

द्रुतमार्गका रूपमा तीन वटा कोरिडोर निर्माण हुँदै

Posted on September 23, 2020 | views : 302 |

असोज ७, पाँचथर । द्रुतमार्गका रुपमा विकास गर्ने उद्देश्यसहित पाँचथरमा तीन वटा कोरिडोर सडक निर्माण कार्य शुरु भएको छ । जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेवा कोरिडोर, मध्य क्षेत्रलाई समेट्न निवु कोरिडोर र दक्षिणी क्षेत्रलाई समेट्न नावाँ कोरिडोर सडक निर्माण शुरु भएको हो । तीन वटै कोरिडोर पहाडै–पहाड नि

Read More

सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

Posted on September 23, 2020 | views : 392 |

असोज ७, पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हु

Read More

१५ असोज देखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने (हेर्नुहोस् तालिका)

Posted on September 22, 2020 | views : 2454 |

असोज ६, काठमाडौं । सरकारले दोहा, कुवेत र रियादमा पनि नियमित उडान गर्ने भएको छ । अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडी मुलुकहरुमा पनि नियमित उडान खोल्ने जानकारी दिएको हो ।  यसअघि सरकारले पीसीआर जाँच सहज नभएको भन्दै कतार, कुवेत र साउदीमा नियमित उडान खोलेको

Read More

काभ्रेको तीनधारा झरनाका कारण फेरिँदै काफलडाँडाको मुहार

Posted on September 22, 2020 | views : 501 |

पेमा लामा । असोज ६, बनेपा । पहिले गाई बाख्रा चराउन र घाँस दाउरा गर्न जाने स्थानीयको मात्र भेटघाट हुने गरेको काफलडाँडामा हिजोआज दैनिक एक हजारभन्दा बढीको सङख्याका मानिसको आवतजावत भइरहेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडास्थित पर्यटकीयस्थल तीनधारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्

Read More

सुनको मुल्य ह्वात्तै घट्यो

Posted on September 22, 2020 | views : 918 |

असोज ६, काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबा

Read More

छोकडा बन्दरगाहमा प्रतिबन्ध, ५० कन्टेनर वीरगञ्जमा रोकिए

Posted on September 22, 2020 | views : 324 |

असोज ६,वीरगञ्ज । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाक

Read More

बूढानीलकण्ठ नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण, मेयरले बुझे दुई प्रतिवेदन

Posted on September 22, 2020 | views : 907 |

असोज ६, काठमाडौँ | काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिकाको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन् । नगरपालिकाका बिभिन्न स्थानका सरकारी जग्गा अतिक्रमण भएको सन्दर्भमा प्रतिवेदन सहित भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपालले बूढानीलकण्ठ नागरपालिकाका मेयर समक्ष निवेदन दिएको छ ।  अभियानको टोल

Read More

हात्तीको समूहबाट क्षति

Posted on September 22, 2020 | views : 436 |

असोज ६, सप्तरी । दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका नौवटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेप

Read More

नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

Posted on September 22, 2020 | views : 344 |

असोज ६, राँझा । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधि

Read More

गाउँमा विद्युत् पुगेपछि वाप्लुखाका उपभोक्ताले मनाए खुशीयाली

Posted on September 22, 2020 | views : 344 |

असोज ६, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा गाउँपालिकाले विनियोजन गरेको रु ७५ लाख र नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको रु एक करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा पहिलोपटक के

Read More

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

Posted on September 22, 2020 | views : 284 |

असोज ६, काठमाडौँ | राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औँ बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रिपर

Read More

गल्याङको समग्र विकासका लागि गुरुयोजना बनाइने

Posted on September 21, 2020 | views : 402 |

असोज ५, स्याङ्जा । गल्याङ नगरपालिकाले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउने भएको छ ।  विकासका सम्भावना भएको क्षेत्रको पहिचान गरी नगरवासीलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजित  अन्तक्र्रिया  कार्यक्रममा नगरप्रमुख भूपराज अधिकार

Read More

विदेशबाट फर्केकाहरु स्वदेशमै रोजगारी गर्न थाले

Posted on September 21, 2020 | views : 515 |

असोज ५, नारायणपुर | कोरोनाको सङ्क्रमणबाट जोगिन भारत लगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले विदेश जाने सोच बदलेर गाउँघरमै आफूले जानेका सीप र श्रम लगाएर काम गर्न थालेका हुन् ।  गत चैत्रको द

Read More