परीक्षा शुल्क फिर्ता लिन त्रिविलाई जनप्रशासन स्ववियुको ध्यानाकर्षण पत्र

Posted on: 05 Jun, 2018

जेठ २२,काठमाडौं । त्रिभुवन विश्व विद्यालयले स्नातकोत्तर तह सेमेस्टर प्रणालीको परीक्षा शुल्क वृद्धि गरेको भन्दै स्ववियु जनप्रशासन क्याम्पसले उपकुलपति कार्यालयको ध्यानाकर्षण गराएको छ । स्ववियुले त्रिवि उपकुलपति कार्यालय पुगेर बढाइएको शुल्क फिर्ता लिन ध्यानाकर्षण गराएको हो । 

त्रिविले यसअघि लिंदै आएको परीक्षा शुल्क १ हजारबाट बढाएर यसै शैक्षिक सत्रबाट २५ सय पुर्याउने निर्णय गरेको थियो । त्रिविको सो निर्णय आएपछि विद्याथी प्रतिनिधि तथा विश्व विद्यालय सभामा स्ववियुको तर्फवाट प्रतिनिधित्व गर्ने विद्याथी नेतासंग कुनै छलफल नगरी शुल्क बढाएको भन्दै त्रिविको ध्यानाकर्षण गराएको हो । 

त्रिविले बढाइएको शुल्क समेत तत्काल फिर्ता लिई सार्वजनिक सूचना जारि गर्न स्ववियुले अनुरोध समेत गरेको छ । मागलाई व्यवस्था गरि विश्व विद्यालाय अगाडी बढेमा विद्याथी प्रतिनीधि विविध संघर्षका कार्यक्रम चलाउन बाध्य हुने जनप्रशासन क्याम्पस स्ववियु सभापति पंकज सुबेदीले जनाए । साथै उनले त्यस्तो परिस्थितिबाट हुने क्षतिप्रति स्वयं विश्व विद्यालय जवाफदेहि हुने चेतावनी समेत दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!