चामुण्डामा दूव्र्यसनी विरुद्धको अन्तरचेतना

Posted on: 15 Jun, 2018

असार १, काठमाडौं । लागूऔषध दूव्र्यसनी विरुद्धको लघुचलचित्र अन्तरचेतना शुक्रबार चामुण्डा माध्यमिक विद्यालय जोरपाटीमा प्रर्दशन भएको छ । 


सकारात्मक विकास सञ्चार केन्द्रद्वारा निर्मित उक्त लघुचचित्रमा विद्यार्थीहरुका मनोभावना, शिक्षक र अभिभावकको निगरानीमा कुलत लागेकाहरुको समस्या पहिचान गरी समाधानका विषयमा लाग्न प्रेरित गरिएको छ । आफ्ना सार्थीभाईले कसरी कुलत जस्ता दूव्र्यसनीमा फसाउन सक्छ त्यसबारे सचेत र सजग बनाउन विद्यार्थीहरुलाई सहयोग पुग्ने लघुचलचित्र निर्माता तथा संस्थाका अध्यक्ष भिम लामाले बताए । 

विद्यार्थीहरु भविश्यका निर्माणकर्ता हुन्, विद्यालय उमेरबाटै समाजप्रति जिम्मेवार बन्न सिक्नु पर्ने र कर्तव्यबोध गराउने उद्देश्यले उक्त चलचित्र तथा अन्तरक्रिया कार्यक्रम गरेको अध्यक्ष लामाले जनाए । उक्त कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालयका प्रचार्य यादब पौडेल, संस्थाका सहसचिब रवि रिमाल, कोषाध्यक्ष मनिका लोप्चन र शिक्षकहरुको उपस्थिति रहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!