एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल आफ्ना विद्यार्थि र विद्यालय शिक्षकलाई सम्मान

Posted on: 25 Jun, 2018

असार ११, मकवापनुर | हेटौडा ५ मा रहेको जि एस निकेतन वोर्डिङ स्कुलले २०७४ सालको एस इ ई परिक्षामा  उत्कृष्ट नतिजा ल्याउन सफल आफ्ना  विद्यार्थि र विद्यालय शिक्षकलाई सम्मान गरेको छ। आज हेटौडामा एक कार्यक्रमका विच विद्यालयले सम्मान गरेको हो । 

विद्यालयबाट १ सय २३ विद्यार्थिले परिक्षा दिएकोमा २५ जनाले ”ए प्लस ” ५४ जनाले ” ए” ३९ जनाले ”बि ” ४ जनाले ”बि प्लस ” र एक जना विद्यार्थिले ”सि प्लस ” ग्रेट प्राप्त गरेक छन् । प्राप्त नतिजाको आधारमा जि एस जिल्लाकै उत्कृष्ट विद्यालय रहेको विद्यालयका प्रिन्सिपल ईस्वर लामिछानेले दावी गर्नुभयो । 

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष विष्णु प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा ३ नंम्वर प्रदेशका सांसद प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कृष्ण घिमिरेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन मकवापनुर अध्यक्ष मदन दाहाल, हेटौडा उपमहानगरपालिका वडानं ६ का अध्यक्ष अर्जुन चौलागाई, संस्थागत विद्यालय अविभावक संघ मकवापनुर अध्यक्ष रमिला सापकोटा लागाएतको आतिथ्यता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!