नेपाल ल क्याम्पसमा सवै विद्द्याहरुर्थीहरुले एल.एल.बि. पढ्न पाउने नयाँ निर्णय !

Posted on: 28 Jun, 2018

असार १४, काठमाडौँ | 'नेपाल ल' को डीन कार्यालय र विद्द्यार्थी संगठनहरुबीच नयाँ समझदारी भएको छ l समझदारी पत्र अनुसार सवै पढ्न चाहने विद्द्यार्थीहरुलाई प्रशासनले भर्ना लिने  विद्द्यार्थी संगठन र प्रशासन  विच सहमति भएको अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले बताएका छन् l 

डीन कार्यालयको  निर्णय अनुसार यस वर्षदेखि कोटा निर्धारण गरि ८ सय विद्द्यार्थीलाई मात्र अध्ययन-अध्यापन गराउन सकिने भन्दै जेष्ठ १९ गते प्रवेश परिक्षा लिएको थियो तर विभिन्न विद्द्यार्थी संगठनहरुको बिरोधका कारण नतिजा प्रकाशन नहुँदै नयाँ निर्णय भएको अध्यक्ष रायमाझीले  बताएका छन् l


यहि असार २१ गते देखि भर्ना सुरु हुने र प्रवेश परिक्षामा सहभागी भएका तथा नभएका सवै विद्द्यार्थिहरुले भर्ना गर्न पाउने लिखित समझदारी भएको अध्यक्ष रायमाझीले बताए l

यस बिषयमा तपाइको प्रतिक्रिया...!