विद्यार्थीको दवाबपछि त्रिविले परीक्षा शुल्क घटायो

Posted on: 29 Jun, 2018

असार १५,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह सेमेस्टर प्रणाली तर्फ वृद्धि गरेको परीक्षा शुल्क घटाएको छ।

त्रिवि सिनेटर, त्रिवि रेक्टर, रजिष्ट्रार र संयुक्त्त विद्याथी संगठन वीच भएको छलफल पछि परीक्षा शुल्क घटाइएको हो । यसअघि त्रिविले परीक्षा शुल्क १ हजारबाट बढाएर २५ सय पुर्याउने निर्णय गरेको थियो ।

यो निर्णयसंगै विद्यार्थीबाट उठाइएको बढी शुल्क समेत फिर्ता हुनेछ ।

शुल्क वृद्धिको विरोधमा विद्याथी संघठनले आवाज उठाएपछि त्रिविले बाध्य भएर २५ सय बाट घटाएर १५ सय कायम गर्ने सहमति गरेको जनप्रशासन क्याम्पसका स्ववियु सभापति पंकज सुवेदी क्षेत्रीले साझा सबाललाई जानकारी दिए।

शुल्क वृद्धि पश्चात गत जेठ २२ गते स्ववियु जनप्रशासन क्याम्पसले उपकुलपति कार्यालयको ध्यानाकर्षण गराएको थियो । त्रिविको सो निर्णय आएपछि विद्याथी प्रतिनिधि तथा विश्व विद्यालय सभामा स्ववियुको तर्फवाट प्रतिनिधित्व गर्ने विद्याथी नेतासंग कुनै छलफल नगरी शुल्क बढाएको भन्दै त्रिविको ध्यानाकर्षण गराउंदै आएका थिए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!