विद्यालयलाई मंगला गाउँपालिकाको २५ लाख

Posted on: 09 Jul, 2018

असार २५, म्याग्दी | म्याग्दी जिल्लाको मंगला गाउँपालिकामा शून्य दरबन्दीमा सञ्चालित सामुदायिक विद्यालयलाई गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ । 

नतिजा राम्रो र विद्यार्थी संख्या भए पनि सरकारबाट आधारभूत र मावि तहमा कुनै पनि कोटा प्राप्त नगरेका विद्यालयका शिक्षकको तलबभत्तामा खर्च गर्ने गरी आगामी आव २०७५÷७६ का लागि रु २५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

उहाँका अनुसार आधारभूत र मावि तहमा सरकारी दरबन्दीको अभावका कारण स्थानीयले चन्दा संकलन, सामुदायिक बनको घाँस, दाउरा बेचेर, महायज्ञलगायत विभिन्न गतिविधि सञ्चालन गरी शिक्षकको तलब जुटाइरहेको अवस्थामा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकलाई लक्षित गरी बजेट विनियोजन गरिएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!