हुम्लाका बालबालिकाको सहयोगार्थ दौड सम्पन्न

Posted on: 31 Jul, 2018

साउन १५, काठमाडौँ | वानेश्वर स्थित हामी मद्दत गर्छौं संस्थाको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

ललितपुरको नक्खुदेखि काठमाडौँको कोटेश्वरसम्म भएको दौडमा ललितपुर जिल्लाका प्याव्सनमा आवद्ध विभिन्न ३० बिद्यालयका करिब ३ सय बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दौड प्रतियोगितामा पुरुप तर्फ प्रथम निर्मल स्कुलका अभिसेक पाचकोटी, द्धितिय सांग्रिला मा. वि. का आवाज पुन मगर र तृतिय निर्मल स्कुल कै पृथ्वि शाही भए । त्यसै गरि महिला तर्फ प्रथम बालकुञ्ज स्कुलकी पुर्णिका लामा, द्धितिय विलिय पव्लिक स्कुलकी बोञ्जना खड्का र तृतिय तोरण नवजिवन स्कुलकी आस्था थापा हुन सफल भइन ।

म्याराथुनमा विजयी छात्रछात्रालाई युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शिल्ड, प्रमाण र मेडल प्रदान गरेका थिए ।

हुम्लाको ठेहे स्थित श्री रामदेव माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री तथा पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको हामी मद्दत गर्छौं संस्थाका अध्यक्ष अजय अधिकारीले जानकारी दिए । 


कार्यक्रमका प्रमुख अतिथी समेत रहेका युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले हुम्लाका बालबालिकाहरुको हितमा दौड आयोजना भएको प्रति आयोजक संस्थालाई धन्यबाद समेत दिए ।

प्रतियोगिता समृद्धि कलेज, हिमालय कलेज, अक्सब्रिज कलेज, कल्याणका किरण, प्याव्सन ललितपुर लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालका पहिलो अन्तर्रािष्ट्रय म्याराथुन खेलाडी जित बहादुर के.सीका साथै बिभिन्न कलेजका प्राचार्यहरुको समेत उपस्थिती रहेको थियो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!