त्रिवि सेवा आयोगका लिखित परीक्षा तथा अन्तरवार्ता कार्यक्रम स्थगित

Posted on: 03 Aug, 2018

साउन १८,काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले संचालन गरेको लिखित परीक्षा तथा अन्तरवार्ता सम्वन्धी कार्यक्रम स्थगित गरेको छ। आयोगले रोकिएको परीक्षा अर्को सूचना प्रकाशित नभए सम्मका लागि आयोगको निर्णयानुसार स्थगित भएको जनाएको छ ।

त्रि. वि. सेवा आयोगको मनोनित सदस्यको पद रिक्त हुन गएकोले त्रि. वि. संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम २०५० (संशोधन सहित) को नियम १६४ (१) को व्यवस्थाले गर्दा उक्त लिखित परीक्षा र अन्तरवार्ताको कार्यक्रम स्थगित गरिएको त्रिवि सेवा आयोगले जनाएको छ ।

विज्ञापन नं. १८/२०७३/०७४ (खुल्ला प्रतियोगिता) प्रशासनिक तथा प्राविधिक पदहरुको साउन १९ गते देखि हुने लिखित परीक्षा, विज्ञापन नं १४/२०७२/०७३ (खुल्ला प्रतियोगिता) इ.अ.सं विभिन्न विषयको उप–प्राध्यापक, प्रशिक्षक र सहायक प्रशिक्षकहरुको साउन २० गते देखि हुने अन्तरवार्ता, विज्ञापन नं १५/२०७२/७ (खुल्ला प्रतियोगिता) चि.शा.अ.सं नर्सिङ्ग विषयको उप–प्राध्यापक र  प्रशिक्षकहरुको साउन २८ गते देखि हुनेअन्तरवार्ता, विज्ञापन नं २४/२०७२/७३ (विशेष आन्तरिक खुल्ला प्रतियोगिता) चि.शा.अ.सं विभिन्न विषयको उप–प्राध्यापक र  प्रशिक्षकहरुको साउन ३० गते हुनेअन्तरवार्ताको कार्यतालिका हाललाई स्थगित गरिएको त्रिविले जनाएको छ । यस अघि गत शुक्रबार सेवा आयोगले लिखित परीक्षा कार्यक्रम स्थगित गर्दै साउन १९ गतेबाट शुरु हुने जनाएको थियो ।

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गरेपछि आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको लिखित परीक्षा तथा अन्तर्वार्ता प्रभावित बनेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!