२२ वर्षीय जीसीको हत्याप्रति सरकार गम्भीर छ : गृहमन्त्री वादल

Posted on: 05 Sep, 2018

बिमल खड्का | भदौ २०, काठमाडौ | गृहमन्त्री राम बहादुर थापा वादलले बागलुङ ढोरपाटन नगरपालिका- १ वर्ष २२ वर्षीय संगिन जीसीको बीभत्स हत्याप्रति सरकार गम्भीर भएको बताएका छन् । हत्याराको सुस्म अध्ययन भईरहेको बताउँदै हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सरकार नागरिकको सुरक्षाका लागि खटेको भन्दै यस्तो  घटनाहुनु अकल्पनीय भएको बताएका छन् । 

घटनाको सत्य तथ्यका बाहिर ल्याउन लागि आफूले सुरक्षाको सबै सयन्त्रलाई निर्देशन दिएको बताउँदै हत्यारा पत्ता लाग्नेमा विश्वस्त हुन परिवारलाई आग्रह गरेका हुन्। 


बुधबार बागलुङका सांसद देवेन्द्र पौडेल, डा सुर्य पाठक, ज्ञानकुमारी छन्त्याल, मनकुमारी केसी , मृतका बाबू निमबहादुर जीसी लगाएको टोलीसँगको भेटमा गृहमन्त्री बादलले देशको शान्ति शुव्यवस्था कायम गर्ने जिम्मेवार गृहमन्त्रालयको भएको बताउँदै नागरिकको शुरक्षाका लागि सधै सरकार कटिबद्ध भएको बताएका छन् ।

भेटमा बादलले यस्तो घटना निन्दनीय भएको भन्दै हत्यारालाई हदैसम्मको कारबाही हुने गरि उच्चस्तरीय छानबिन समिति समेत गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  


२२ वर्षीय जीसी बिगत ६ वर्ष देखि अध्ययनका लागि काठमाडौको कोटेश्वरमा बस्दै आपनि बिगत ३ महिना अघि सानोभर्याङ  हजुरबुबा हजुरआमा र भाइसँग बस्दै आएका थिए । जीसी रक्षाबन्धनको दिन देखि बेपत्ता भएका थिए । उनको शव भदौ १७ गते स्वयम्भूको जंगलमा शरीर टुक्रा- टुक्रा पारिएको अवस्थामा भेटिएको थियो । अहिले शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । परिवारले हत्यारा पत्ता नलागेसम्म शव नबुझने अडान राख्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!