खत्याड गाउँपालीका वडा नं ३ छाउगोठ मुक्त घोषणा

Posted on: 29 Sep, 2018

नन्द बहादुर रोकाया | असोज १३, मुगु | मुगु जिल्लाको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालीका वडा नं ३ छाउगोठ मुक्त घोषण गरीएएको छ ।  युरोपियन युनियनको आर्थिक सहयोग एक्सनवर्क नेपालको  साझेदारिमा तथा खत्याड गाउँपालीकाको आयोजनामा बिहिबार एक कार्यक्रमको आयोजना गरी खत्याड गाउँपालीकाकै पहिलो छाउगोठ मुक्त वडाका रुपमा ३ नम्बर वडा लाई घोषणा गरिएको हो  । 

१८० घरधुरीरहेको वडा नं तिनका श्रीकोट, बरात्,तल्ली खर्क, माथी खर्क गाउँका महिला महिनावारी भएका बेला छोरी बुहारी, किशोरी हरु गोठामा नबस्ने र सुरक्षित कोठा बनाएर घर भित्रै बस्ने भएकाले खत्याड गाउँपालीकाकै पहिलो छाउपडी गोठ मुक्त वडा घोषणा गरिएको  खत्याड गाउँपालीका ३ नम्बर वडाकार्यलयले जनाएको छ । 

मुगुमा छाउपडी न्युनिकरणमा बिगत लामो समय देखि काम गदै आएको एक्सनवर्क नेपाल मुगु र  स्थानीय सरकार पनी छाउगोठ मुक्त अभियानमा लागेकाले पछील्ला समय मुगुमा छाउगोठ मुक्त घोषणा गर्ने काम तिब्ररुपमा अघि बढेको छ । यस अघि एक्सनवर्क नेपालको साझेदारमा तथा स्थानीय सरकारको सक्रियतामा  छायाँनाथ रारा नगरपालीकाको १० नम्बर वडाको चराप गाउँलाई छाउँगोठ मुक्त घोषण गरेको  एक्सनवर्क नेपालका मुगुका संयोजक धिरिन्द्र बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार स्थानीयस सरकार संग सहजिकरण गदै मुगु जिल्ला लाई छाउगोठ मुक्त बनाउने तयारी भइरहेको शाहीको भनाई छ । 

यसअघि गाउँमा छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह खान नपाउने, फलफूलका बोट छुन नहुने, गाई छुन नहुने , घरको जग छुँदा देवी रिसाएर अनिष्ट हुने मान्यता  भएको भएपनी पछील्ला समय त्यो हट्दै गहेको र महिला पनी सचेत भएकाले छाउँगोठ मुक्त घोषणमा स्थानीय सरकार पनी लागेको खत्याड गाउँपालीका ३ नं वडा कार्यलयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!