पाँचथर मा भतिज द्वारा काकी बलात्कृत

Posted on: 02 Oct, 2018


कमल घिमिरे | असोज १६, पाँचथर | पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय सुमन केरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । गएको शनिबार रातको समयमा काकीको कोठामा गएर मोबाइलको फोटो देखाउने बहाना गर्दै काकीलाई जवरजस्ती करणी गरेर ती युवक फरार भएको पाँचथर प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा खोजी गर्दा युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका युवकमाथि जवरजस्ती करणी मुद्धा अन्तर्गत जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक विष्णु खड्काले बताउनुभयो । पाँचथरमा साउनयता मात्र ४ ओटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।यस्तै बलात्कार र बलात्कार प्रयासका घट्ना बढिरहेकै बेला पाँचथरमा दुई महिलामाथि दुव्र्यवहार भएको छ । दुव्र्यवहारमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरि मुद्दा समेत चलाएको छ । पाँचथरको हिलिहाङ–५ सुभाङकी २८ वर्षीया महिलामाथि स्थानीय एक युवकले कुटपीट गरेका छन् ।

पीडितको उजुरीका आधारमा आरोपित स्थानीय २२ वर्षीय युवकलाई सोमवार नियन्त्रणमा लिइएको छ । यस्तै  फाल्गुनन्द गाँउपालिका वडा नं. ६ की २५ वर्षीया महिलाको घरमा गई गाली गलौज गरेको भन्ने उजुरीका आधारमा आरोपित स्थानीय २३ वर्षीय युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाँचथर प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!