१५ ठेकेदार कम्पनी कालोसूचीमा, दर्जनौं ठेक्का अलपत्र पार्ने पप्पु कालोसुचिमा परेन

Posted on: 30 Oct, 2018

कात्तिक १३, काठमाडौं | ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सूचीमा परेको छैन । 

विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐनबमोजिम ती कम्पनीलाई एकदेखि तीन बर्षका लागि कालो सूचीमा राखिएको हो ।  आजको कान्तिपुरमा समाचार छापिएको छ । 

राजनीतिक तथा प्रशासनिक संरक्षण पाइरहेको पप्पु कन्स्ट्रक्सन सडक, सिँचाइ, सहरी विकास विभागसहित कुनै पनि विकास कार्यालयले सिफारिस नगरेकाले कालो सूचीमा नपरेको कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!