जनप्रशासन एमफिल इन्ट्रान्समा राजनीतिक चलखेल, लिखित परीक्षामा अनुत्तीर्ण विद्यार्थी अन्तरवार्तामा पास

Posted on: 03 Dec, 2018

मंसिर १७, काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको जनप्रशासन केन्द्रीय विभागले प्रकाशन गरेको एमफिल इन्ट्रान्सको नतिजा सच्याउन जनप्रशासन स्ववियुले माग गरेको छ ।

राजनीतिक आडमा त्रिवि व्यवस्थापन संकायका डिनको समेत संलग्नतामा उमेशभक्त जोशीलाई एमफिल इन्ट्रान्समा पास गराएको भन्दै  स्ववियुले विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको छ । स्ववियुले तत्काल गलत नतिजा सच्याई पुन नतिजा सार्वजनिक गर्न जनप्रशासन केन्द्रीय विभागलाई सचेत गराएको छ ।


त्रिभुवन विश्वविद्यालयको जनप्रशासन केन्द्रीय विभागले एमफिल इन्ट्रान्सको लिखित परीक्षामा अनुत्तीर्ण भएका जोशीलाई अन्तरवार्ता पछिको प्रकाशित अन्तिम नतिजामा उत्तीर्ण गराईएको थियो ।  इन्ट्रान्स रोल नं. ५५ भएका उमेशभक्त जोशी लिखित परीक्षाको नतिजामा फेल भएका थिए तर उनको नाम अन्तरवार्ता पछिको नतिजामा विभागले समावेस गरेको थियो ।

जोशी पूर्व नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जनप्रशासन क्याम्पसका विद्यार्थी नेता हुन् ।  यसैविच केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा सोमबार तालाबन्दी गरिएको स्ववियु सभापति पंकज सुवेदी क्षेत्रीले सझासबाललाई बताए । नतिजा सच्याएर पुन प्रकाशित नगरीए आन्दोलन गर्न बाध्य हुने उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!