बझाङको त्रिवेणी क्याम्पसमा कक्षाकोठाको अभाव हुँदा पठनपाठनमा समस्या

Posted on: 16 Dec, 2018

पुस १ टेकेन्द्र बोहारा, बझाङ ।  बझाङको बुङगल क्षेत्रको एक मात्र क्याम्पस त्रिवेणी आर्दश बहुमुखी क्याम्पसमा कक्षाकोठाको अभावले पठनपाठनमा समस्या भएको छ ।विध्यार्थिको चापअनुसार कक्षाकोठा नहुँदाबाहिर बसेर पढाउनु पर्ने बाध्यता रहेको उपप्राध्यापकअक्कल कुवँरले बताउनुभयो ।

भवन निमार्णका लागी विभिन्न निकायसंग पहल भएपनि कसैले चासो नदिएको अर्का उप–प्राध्यापक हर्क प्रसाद जोशीको भनाई छ ।

 २०६५ सालमा स्थापनाभएको क्याम्पसमा हाल चार बर्षे वि.एड का कक्षाहरु संचालन भईरहेका छन् ।चार बर्षे वि.एड अन्र्तगत नेपाली, अंग्रेजी, स्वास्थ्य तथा शारारिक शिक्षा र जनसंख्या मुल विषयको पढाई हुने गरेको छ । २०७० सालमा विश्वविद्यालयअनुदानकार्यक्रम अन्र्तगत ४ कोठे पक्की उपलब्ध भएको थियो । 

चार कोठामा पनि एक कोठामा विध्यालयको कार्यालय संचालनका लागी प्रयोग भएको छ । बुङगल नगरपालिकाका सबै क्षेत्र, तथा वित्थडचिर गाँउपालिका र केदारस्युँ गाँउपालीकाकाआशिंक भु भागको पायक पर्ने यो क्याम्पसमा १७६ जना विध्यार्थी संख्या छ । आर्थीक अभावका कारण क्याम्पसले नयाँभवन निमार्ण गर्न नसकेको क्याम्पस ब्यवस्थापन समितीले जानाएको छ । 

क्याम्पसमा ५ जनाप्राध्यापक र २ जना प्रसासनका कर्मचारी समेत रहेका छन । क्याम्पसको आर्थिक अभावकाकारण उप–प्राध्यापकहरुले समेत समयमै तलब भत्ता नपाएको उनको गुनासो छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!