सरस्वती माता मा.वि.मालारानी–२ डांडाकटेरीले आयोजना बिबिध कार्यक्रम

Posted on: 24 Dec, 2018

पुस ९, अर्घाखाँची | सरस्वती माता मा.वि.मालारानी–२ डांडाकटेरीले आयोजना गरेको लोकगित प्रतियोगितामा सन्दिप खनाल कक्षा १० उत्कृष्ट हुनुभएको छ । आफ्नो ४४ औं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा सन्दिप सुनार कक्षा ६ द्धितिय र पवन खनाल कक्षा ९ तृतिय हुनुभएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष शोभाखर भुसालको अध्यक्षता,सहायक प्र.अ.योगेन्द्रनाथ भुसालको स्वागत मन्तव्य र शिक्षक पिताम्बर पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा शैक्षिक शत्र २०७४ को बार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थी, विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थी र लोकगित प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको छ । उक्त विद्यालयका विद्यार्थी, भुपु विद्यार्थी, शिक्षक,अभिभावक तथा सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा प्रध्यानध्यापक हुमानन्द खनालले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रतिवेदन प्रस्तुत गर्दै प्र.अ. खनालले सबैको क्रियाशिताले गत बर्ष विद्यालय मालारानी गाउंपालिकाकै उत्कृष्ट हुन सफल भएको भन्दै आगामी दिनमा जिल्लाकै नमुना बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।स्कुलको शैक्षिक स्तर सुधार गर्न शिक्षक,अभिभावक र विद्यार्थीको समन्वयात्मक सम्बन्धको खांचो पर्ने भन्दै प्र.अ.खनालले सोही अनुसार अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!