हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु, ७८ घाइते

Posted on: 10 Jan, 2019

पुस २६, जुबा (रासस/सिन्ह्वा) | हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । 

सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो । 

उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले सिन्ह्वालाई दिएको जानकारीअनुसार गत गत आइतबार यो घटना भएको हो । 

“मुर्ले आदीवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ,” बिलुले भन्नुभयो । 

उहाँले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकाँश महिला र बालबालिका रहेको जानकारी दिनुभयो । 

घाइतेहरूको अवस्था स्थिररहेको र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् । 

घटना भएको क्षेत्र दशकौँदेखि साप्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हुँदै आएको छ । त्यस क्षेत्रमा बालयौन दुव्र्यवहार लगायतका अन्य हिंसा पनि हुने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!