रुपन्देहीमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षा

Posted on: 10 Jan, 2019

पुस  १२६, खस्यौली | निजी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षालाई प्राथमिकतामा राख्न शिक्षक सहमत भएका छन् । 

आज रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई सूचना प्रविधिमा अध्यापन गराउने विषयमा दिएको तालीममा उनीहरुले नैतिक शिक्षाबाट सभ्य, संस्कारयुक्त समाजको निर्माण हुने विचार व्यक्त गरे । 

उक्त अवसरमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नैतिक शिक्षाको बलमा नै शैक्षिक गुणस्तर बढ्ने उल्लेख गर्दै अहिले सबै विद्यालयमा नैतिक शिक्षाको अभाव देखिएको छ भन्नुभयो । उहाँले अहिलेको समयमा सूचना, प्रविधिको आत्मसाथ गर्दै अघि बढ्न आवश्यक भएकोमा जोड दिनुभयो । 

सैनामैना संस्थागत विद्यालय सङ्गठनका अध्यक्ष कृष्णप्रसाद शर्माले नैतिक शिक्षा सबैकोे चासोको विषय भएको उल्लेख गर्दै नैतिक शिक्षालाई अध्यापन गराउन आफूहरु उत्सुक भएको बताउनुभयो । १८ निजी विद्यालय रहेको सैनामैनामा करीब ५०० शिक्षक तथा शिक्षिका छन् । रासस |


यस बिषयमा तपाइको प्रतिक्रिया...!