दुर्घटनामा एक जनाको मृत्यु, ७ जना घाइते

Posted on: 25 Jan, 2019

माघ ११, गाईघाट (रासस): उदयपुरको कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग१ज ४८४६ नंको बोलेरो जिप आज कटारी नगरपालिका–११ को बेतीनीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुव श्रेष्ठका अनुसार जिप सडकबाट पचास मिटर तल खस्दा चालक तेजबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!